वडाध्यक्षलाई थाहै नदिई नगर अधिवेशन सम्पन्न
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले छापामार शैलीमा नगर अधिवेशन सम्पन्न गरेको नगर सभाका सदस्यहरूले आरोप लगाउनुभएको छ ।

नगर पालिकाका ६ जना वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरु नबोलाएरै नगर प्रमुख रावलले नगर सभा एकलौटी सम्पन्न गरेको त्रिवेणी नगरपालिका वडा न ७ का वडा अध्यक्ष एवं प्रवक्ता प्रेम बहादुर थापाले जानकारी गराउनुभएको छ ।
गत असार १० गतेभित्रै नगर सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ ।
नगर प्रमुख रावलले अनियमितता ढाकछोप गर्नकै लागि रातारात अधिवेशन सम्पन्न गरेको वडाध्यक्षहरूले आरोप लगाउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्