एमाले जनताको पार्टी: विष्ट
सिन्धुपाल्चोक । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले एमाले जनताको पार्टी भएको दाबी गर्नुभएको छ ।
नेकपा एमाले मेलम्ची नगर कमिटीको पहिलो अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि विष्टले एमाले विभाजन नभएको भन्दै केही नेताहरूको असन्तुष्टि भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सचिव एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङले एमालेमा गुटको राजनीति अन्त्य भएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य दावा तामाङले जनताको सुख दुखको पार्टी भनेकै नेकपा एमाले भएकाले अन्योलमा बसेका साथीहरूलाई ढुक्क भएर एमालेमा आउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका नेताहरू सुभास कर्माचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल, उपाध्यक्ष डोल्मा तामाङ, बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण देउजा, कृष्ण गोपाल तामाङ, विजयकृष्ण श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्