तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसी टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

File Photo

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी– २० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।

आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिँदै १३ औँ स्थानमा पुगेको हो । 

यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । वरियतामा इङ्गल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । 

त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button