तनहुँ सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा विनोदकुमार बिक

तनहुँ । तनहुँ सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा विनोदकुमार बिक निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन अन्तर्गत आइतबार सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा विजयी विकले ९२ मत तथा प्रत्याशी एक बहादुर विकले ७५ मत प्राप्त गर्नुभयो ।
नव गठित सङ्घको उपाध्यक्षमा ९० मत ल्याई हरि गहतराज निर्वाचित हुनुभयो । प्रतिस्पर्धी भिमबहादुर विकले ७९ मत प्राप्त गर्नुभयो ।
अधिवेशनबाट सचिवमा दमबहादुर सुनारले १०० मत प्राप्त गरी विजयी हुनुभयो । सचिवका अर्का प्रत्याशी पूर्णबहादुर विकले ६३ मत प्राप्त गर्नुभयो ।
अन्य पदहरू भने सर्वसम्मत चयन भएको थियो ।
त्यस्तै, कोषाध्यक्ष रोहित सेन्चुरी, सहसचिव रुद्र सुनार चयन हुनुभएको छ ।
सदस्यहरूमा वीरबहादुर सुनार, बुद्धिबहादुर विक, राजेन्द्र गोतामे सुनार, दिनेश विक, सूर्या रसाइली, विनोद चुँदारा, दिनेश विक, दीपेन्द्र सुनार रहनुभएको छ ।
सङ्घका निवर्तमान अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा भएको अधिवेशनको गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबोटे विश्वकर्माले उद्घाटन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्