तपाईँ सुन्दै हुनुहुन्छः

फरक क्षमता भएकालाई घुम्ती शिविरबाट अपाङ्गता परिचय पत्र वितरण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका को आयोजनामा फरक क्षमता भएका व्यक्तिहरूको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण घुम्ती शिविर कार्यक्रम आइतबारबाट सुरु गरिएको छ ।

देवघाट गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको उचित तरिकाले पहिचान गरी सरकारबाट पाउने सेवा सुविधा व्यवस्थापनमा कुनै कमी नहुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले बताउनुभयो ।

सो कार्यक्रममा देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिहरूको क्षमतालाई पहिचान गरी सरकारले सम्मान गर्नुपर्ने बताउनुभयो ।

सो घुम्ती शिविर कार्यक्रम देवघाट गाउँपालिका भित्र आइतबारदेखि १६ गते सम्म गाउँपालिकाको विभिन्न स्थानहरूमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button