तनहुँमा जिपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

तनहुँ । तनहुँको व्यास १ गल्बुबेसीमा मोटरसाइकल र नेपाल विद्युत् प्राधिकरणको जिप ठक्कर खाँदा भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गल्बुबेसीका स्थानीय १८ वर्षका रोशन गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा स्थानीय रोशन घर्ती घाइते छन् । उनको टाउकोमा चोट लागेको र अवस्था चिन्ताजनक रहेकाले पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
विद्युत् मर्मतका लागि गल्बुबेशीबाट भादगाउँतर्फ जाँदै गरेको को १ ध ४० नम्बरको प्राधिकरण दमौलीको जिप र गल्बुबेसी जाँदै गरेको ग २१ प ४९३६ नं.को मोटरसाइकल ठोकिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्