तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको समृद्धि र विकासमा सरकारको ध्यान केन्द्रित: मन्त्री कार्की

सुनसरी | सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको समृद्धि र विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको छ । 

सुनसरीको विभिन्न स्थानमा हालैको बेमौसमी वर्षाले गरेको क्षतिको निरीक्षणपछि हरिनगरामा आज आयोजित कार्यक्रममा मन्त्री कार्कीले बाढी पीडितका लागि सरकारले घोषणा गरेको राहत छिटो भन्दा छिटो उपलब्ध गराउने बताउनुभयो । 

मन्त्री कार्कीले जनताको पीर मर्का बुझेर किसान र विपन्न नागरिकहरूलाई लक्षित गरी सरकारले राहतका कार्यक्रम ल्याएको उल्लेख गर्नुहुँदै नदी नियन्त्रणका लागि आवश्यक तटबन्ध निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

file photo

पत्रकारहरूको जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले प्रदेश नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा सरकार गठन हुने सहमति भइसकेकाले गठबन्धनको भावना अनुसार सरकार गठन हुने उल्लेख गर्नुभयो । 

मन्त्री कार्कीले उत्साहका साथ एकताबद्ध भएर पार्टी महाधिवेशन सम्पन्न गर्ने कार्यमा लाग्न पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button