तपाईँ सुन्दै हुनुहुन्छः

विकास आयोजना हस्तान्तरणको मापदण्ड निर्माण सुरु

काठमाडौँ । सरकारले देशभर सञ्चालनमा रहेका विकास आयोजनाहरूको वर्गीकरण गरी तीनै तहमा हस्तान्तरण गर्ने मापदण्ड निर्माण सुरु गरेको छ ।

आयोजनाको वर्गीकरणको आधार तथा मापदण्ड तर्जुमाको लागि राष्ट्रिय योजना आयोगले एक कार्यदल गठन गरी काम सुरु गरेको छ ।

आयोगका सदस्य डा.रामकुमार फुयाँलको संयोजकत्वमा गठित कार्यदललाई आयोजनाहरूको विनियोजन दक्षता, कार्यान्वयन क्षमता, तथा वित्तीय एवं विकास अनुशासन कायम गर्ने र कुन आयोजना कुन तहमा राखेर निर्माण सम्पन्न गर्ने भन्ने विषयमा आधारित भएर वर्गीकरणको मापदण्ड ४ महिना भित्र तर्जुमा गर्ने जिम्मेवारी दिएको छ ।

राष्ट्रिय योजना आयोगले कार्यदललाई विभिन्न १० वटा विषय तथा क्षेत्रहरू समेटेर सङ्घ र प्रदेशको स्रोतको बाँडफाँड गर्ने तथा आयोजना कार्यान्वयनका लागि तार्किक न्यूनतम सीमा निर्धारण गर्ने लगायतका कार्यादेश दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button