भूमिहीन सुकुम्वासीहरूलाई चाँडै लाजपूर्जा वितरण गरिने: मन्त्री श्रेष्ठ
विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले भूमिहीन सुकुम्वासीहरूलाई चाँडै लाजपूर्जा वितरण गर्ने बताउनुभएको छ ।
प्रेस सङ्गठन नेपाल मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बस्न छाप्रो समेत नभएका सुकुम्वासी, गरिब, दलित भूमिहीनलाई जग्गा वितरणका लागी प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । भूमिहीन सुकुम्वासीको बसोबासको संविधानले ग्यारेन्टी गरेको उहाँको भनाई थियो ।
उहाँले नापी शाखामा सेवाग्राहीलाई जग्गाको हालसावी गर्ने कार्य सरल एवं सहज ढङ्गले उपलब्ध गराउने र मिलेमतो बिचौलिया मार्फत गरिने कार्य अविलम्ब रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठ भूमि आयोग संवैधानिक व्यवस्था एवं ऐन अनुसार गठन भएको बताउँदै यो स्थायी रुपमा रहने र चाँडै सबै जिल्लामा पनि आयोग गठन गरिने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्