तपाईँ सुन्दै हुनुहुन्छः

४ सय ८ जनामा कोरोना संक्रमण

काठमाडौँ । आज देशभर ४ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

७ हजार ८ सय ९९ नमूनाको पिसिआर तथा एण्टीजेन परिक्षण गर्दा  ४ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज ५ सय १८ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ४ प्रतिशत संक्रमित निको भइसकेका छन् । 

कोरोना संक्रमण कारण आज ८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७ पुगेको छ ।

आज देशभर ३८ हजार ८ सय १५ जनाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button