तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दर्ज्यानी चिह्न लगाई दिनुभएको हो ।

मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको बैठकले  उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button