तपाईँ सुन्दै हुनुहुन्छः

सेबोन र नेप्से प्रमुखको नियुक्तिका लागि प्रक्रिया शुरु

काठमाडौँ । सरकारले लामो समयदेखि खाली रहेको नेपाल धितो पत्र बोर्ड (सेबोन) को अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको खुल्ला प्रक्रियाबाट नियुक्तिका लागि आवश्यक प्रक्रिया शुरु गरेको छ ।

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिका लागि सूचना निकालेर दरखास्त आव्हान गरेको छ । 
नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले शेयर किनेर विवादमा परे पछि राजीनामा दिनुभएको थियो ।

त्यसैगरी नेपाल धितो पत्र बोर्डको अध्यक्षको लागि समेत उच्चस्तरीय छनौट समिति गठनको प्रक्रिया अघि बढेको छ । 

धितो पत्र बोर्डको ऐन अनुसार राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका एक जना सचिव र एक जना विज्ञ रहेको ३ सदस्यीय छनौट समिति बनाउने व्यवस्था रहेको छ । 

समितिले आवेदक मध्येबाट मेरिटका आधारमा ३ जनाको नाम सरकार समक्ष सिफारिस गर्ने व्यवस्था रहेको छ । 

नेपाल धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button