तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यको सही सदुपयोग गर्नु आवश्यक: प्रदेश मन्त्री खड्का

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले सुदूरपश्चिम साहित्यिक रुपमा भरिपूर्ण भएकाले त्यसको सही सदुपयोग गर्नु आवश्यक रहेको बताउनुभएको छ । 

सुदूरपश्चिम साहित्य सङ्गीतकला प्रतिष्ठान टीकापुरद्वारा आयोजित राष्ट्रिय साहित्यिक कार्यक्रममा मन्त्री खड्काले सुदूरपश्चिम प्रदेश कला संस्कृति, भाषा, कला साहित्यको अथाह खानी रहेकाले यसलाई उजागर र पुनर्स्थापना गर्नु जरुरी रहेको बताउनुभयो ।

उहाँले साहित्य कला धर्म तथा संस्कारसँग जोडिएकाले धर्म र संस्कार जोगाउन सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एक दर्जन बढी साहित्यकारहरूले आ–आफ्ना साहित्यिक रचना वाचन गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button