तपाईँ सुन्दै हुनुहुन्छः

न्यायालयप्रतीको विश्वासलाई अझ मजबुत बनाउँछौँ : सञ्चार मन्त्री

 विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले   न्यायलयप्रतीको जनताको विश्वास रहेकाले यो विश्वासको धरोहरलाई अझ मजबुत बनाएर लैजाने सरकारको चाहना रहेको बताउनु भएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सर्वोच्च अदालतको आफनै भूमिका र सरकारको आफनै भूमिका रहने भन्दै आफूहरू स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताउनुभयो । उहाँले आफूहरू शक्ति पृथक्तिकरणको सिद्धान्तमा विश्वास राख्ने भएको भन्दै  न्यायालयलाई जनताको विश्वासको रुपमा स्थापित गर्दै जानुपर्नेमा जोड दिनुभयो । 

मन्त्री कार्कीले प्रदेश नं. १ मा मुख्यमन्त्री को बन्ने विषय  गठबन्धनले चाँडै टुङ्गो लगाउने बताउनुभयो । मुख्यमन्त्री बन्ने विषयमा गठबन्धनले जे निर्णय गर्छ त्यही अनुसार प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो । नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार अघि बढेकाले यो सरकारले मुलुकमा दिगो विकास , स्थिरता र जनताको चाहना र अपेक्षालाई पुरा गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button