धनकुटामा २ हजार ३ सय १३ हेक्टरमा लगाएको धानबालीमा क्षति
धनकुटा । कार्तिक पहिलो साता परेको बेमौसमी अविरल वर्षाका कारण धनकुटाको २ हजार ३ सय १३ हेक्टरमा लगाएको धानबाली सखाप भएको छ ।
कृषि ज्ञानकेन्द्र धनकुटाले दिएको जानकारी अनुसार शहिदभूमी गाउँपालिकामा १ हेक्टरमा लगाएको धानबाली नष्ट भएको छ त्यस्तै चौबिसे गाउँपालिकामा लगाएको २ सय ५० हेक्टर, पाख्रिवास नगरपालिकामा लगाएको १ हजार २ यस ५० हेक्टर, महालक्ष्मी नगरपालिकामा लगाएको २ सय ५० हेक्टर, धनकुटा नगरपालिकामा लगाएको १ सय ९७ हेक्टर, छथरजोरपाटी गाउँपालिकामा लगाएको २ सय हेक्टर र साँगुरीगढी गाउँपालिकामा लगाएको १सय ६५ हेक्टर धानबालीमा पूर्ण क्षति भएको कृषि ज्ञानकेन्द्र धनकुटा सूचना अधिकारी सुरज खनालले जानकारी दिनुभयो ।
जसबाट ६ हजार ९ सय ३६ मेट्रिक टन धान नष्ट भएको छ । धनकुटामा करिब ६ हजार हेक्टर क्षेत्रफलमा मङ्सिरे धान खेती हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्