तीनै तहको चुनाव एकै पटक गरौँ : माधव नेपाल

कास्की । नेकपा समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले तीनै तहको निर्वाचन एउटै समयमा गर्नु पर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले आगामी निर्वाचन एउटै समयमा गर्दा राज्यको ठुलो खर्च समेत जोगिने विचार व्यक्त गर्नु भएको थियो ।
उहाँले भन्नु भयो “अबको स्थानीय चुनावमा समाजवादीको सगठनले तल्लो तहसम्म आफ्ना योजनाहरू पुर्याउने बताउँदै अन्य पार्टीहरू सँग चुनावी तालमेल हुन सक्ने सङ्केत गर्नु भएको छ । उहाँले एमालेमा गएका आफ्ना दश नेता तर्फ इङ्गित गर्दै भन्नु भयो “एमाले तर्फ लागेका १० भाइ को हरि बिजोग भयको देखियो । चुनाव मा जित्ने हामी नै हो अव देशका विभिन्न ठाउँमा हाम्रो पाटी नेकपा समाजवादी ओलीको पाटी भन्दा अगाडी देखिएको छ । गण्डकीका केही जिल्लामा आफ्नो पाटी कमजोर देखिए पनि अब त्यसको लागी पाटीका नेता तथा कार्यकर्ताहरूलाई मसिनो गरी काममा लाग्न अनुरोध समेत गर्नु भएको थियो ।
सर्लाही र सुदूरपश्चिममा हामी एक नम्बर पाटी भएका छौ कर्णालीमा एमालेलाई धुलो चटाउने काम भएको बताउनु भयो । गण्डकीको गोरखा र बागलुङमा ओली अब पता साफ हुँदै गएको दाबी समेत गर्नु भयो ।
सर्वोच्च अदालतमा देखिएको समस्या के हो कसरी समाधान हुन्छ भन्ने पत्रकारको प्रश्नमा पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेपालले भन्नु भयो “न्याय र सत्यको जित हुने छ । सर्वोच्च अदालतले गरेको फैसलाको दुई पटक सम्म सबैले प्रशंसा गरेका छन् । ओलीले राजनीतिको नाममा न्यायाधीशहरूको हुर्मत लिने काम गर्नु भयो अहिले भएको बारको बहिस्कारको बारेमा मैले जानकारी पाएको छैन । जहाँ सम्म ‘प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने बारेमा गठबन्धनमा छलफल नै नभएको र त्यो बारेमा आफूहरूले नसोचेको बताउनु भयो । न्यायालयको निकास के हो भन्दा छलफल गरेर गर्ने हो । ”
पाटीमा एक्लै हुनु भयो अन्य साथीहरू एमालेमै बस्नु भयो भन्ने अर्को प्रश्नमा नेपाले भन्नु भयो “भुपिले भने झैँ “एक्ला चलो एक्ला ” भन्दै पार्टीमा को आए को आएन को चलिहरेको ट्रेनमा को छुटे पछि खोज्दै गरौला । ओलीको एमालेमा कसैले पनि मान सम्मान नपाउने बताउँदै अन्य पाटी सँग अहिले पार्टी एकता हुने कुरा चलको छैन । वामपन्थी सबै एक ठाउँमा हुनुपर्छ भन्दै केही दिन अगाडी देखि मोहन वैद्य सँग छलफल भइरहेको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्