बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत गढवा गाउँपालिका वडा नम्बर १ दाङका ३३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३८ र बाँकेमा उपचाररत जिल्ला बाहिरी जिल्लाका ४ सय २७ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्