एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सुरु भएको छ ।
बैठकले बिहीबारको स्थायी समिति बैठकका निर्णय अनुमोदन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

त्यसबाहेक बैठकले वडा अधिवेशन र पालिका अधिवेशनको समीक्षाका साथै दशौं राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्ने सचिव तामाङले बताउनुभयो ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्