तपाईँ सुन्दै हुनुहुन्छः

बालकृष्ण खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।
प्रधानमन्त्री देउवा आज बेलायत जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री दिने चलन छ । वर्तमान सरकारमा उपप्रधानमन्त्री हुनुहुन्न । मन्त्रिमण्डलमा खाँण दोस्रो वरीयतामा हुनुहुन्छ ।

मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवापछि बरियताक्रममा गृहमन्त्री खाणलाई राखिएकोले उहाँलाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मा दिइएको हो।
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button