तपाईँ सुन्दै हुनुहुन्छः

स्पेनका सभामुख डेल्गाडासहितको टोलीद्वारा भक्तपुर दरबार क्षेत्रको अवलोकन

भक्तपुर । स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोकोशश नेतृत्वमा नेपाल भ्रमणमा आएको २४ सदस्यीय प्रतिनिधिमण्डलले विश्व सम्पदा सूचीँमा रहेको ऐतिहासिक भक्तपुरका सम्पदाको अवलोकन गरेको छ ।

हिजो साँझ भक्तपुरको दरबारस्क्वायर आएको स्पेशका प्रदेशमन्त्री, मेयर, व्यापारीहरू सहभागी टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खादा ओढाएर भादगाउँले टोपी लगाई पुष्प गुच्छा प्रदान गर्दै दरबारस्क्वायर गेटमा स्वागत गर्नु भएको थियो ।

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई नगर प्रमुख प्रजापतीले भक्तपुर नगरपालिकाले स्वागत स्वरूप भक्तपुर दरबार स्क्वायर डबलीमा प्रदर्शन गरेको माक प्याँख, नागचा प्याँख र जङ्गली प्याँख नाच स्पेनका सभामुख डेल्गाडोको टोलीले रुचीँ पूर्वक अवलोकन गर्नु भयो ।

उपप्रमुख रजनी जोशी, वागमती प्रदेश सभासदस्यहरु सुरेन्द्रराज गोसाई, रजनी जोशी, सरस्वती वाटीलगायतले स्वागत गर्नुभयो । टोलीले दरबार स्क्वायर, तौमढीस्थित पाँचतले मन्दिर क्षेत्रको अवलोकन गरयो ।

टौमढीस्थित पाँचतले मन्दिर डबलीमा स्पेनका सभामुख डेल्गाडोलाई नगर प्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध मयूर झ्याल उपहार स्वरूप प्रदान गर्दै बिदाइ गर्नु भएको थियो ।

वागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आगामी १६ गते स्पेन प्रस्थान गर्ने गरी छ दिने नेपाल भ्रमणमा काठमाडौँ आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

टोलीले नेपाल भ्रमणको क्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । स्पेनी प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छभने पाटन दरबार क्षेत्रको भ्रमण पछि भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेको हो ।

भ्रमण टोली नेपालमा रहँदा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्री एवं नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली र अर्का पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री डा नारायण खड्का, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button