मन्त्रिपरिषद्को पहिलो बैठकबाट स्वास्थ्य मन्त्रालयलाई निर्देशन

बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदभार ग्रहण गर्नुभए लगत्तै मन्त्रिपरिषद्को बैठक बसेर एउटा निर्णय गर्नुभएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्रलाई थप सुधार गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश स्तरका सबै अस्पतालमा अक्सिजन प्लान्ट, पीसीआर परीक्षणका लागि आवश्यक उपकरण, थप शय्या साथै भेन्टिलेटर र औषधिको सहजताका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गर्नुभएको छ ।
बागमतीका १३ वटै जिल्लामा देखिएको कोभिड, स्क्रबटाइफस, मौसमी फ्लुजस्ता सरुवा रोगको नियन्त्रण, रोकथाम र व्यवस्थापन गरी नागरिकको जीवन सहज बनाउन स्वास्थ्य मन्त्रालय एवं सरोकारवाला निकायले प्रदेश स्तरका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक पर्ने अक्सिजन प्लान्ट, पीसीआर परीक्षणका लागि आवश्यक उपकरण, शय्या सङ्ख्या तथा थप आइसियु, इसियु, पीआइसियु र भेन्टिलेटर जडान गर्न तथा औषधिजन्य स्वास्थ्य सामग्रीको आपूर्तिको व्यवस्था मिलाउन र उल्लेखित प्राणघातक सरुवा रोगको जोखिमबाट सुरक्षित रहने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको मुख्यमन्त्री पाण्डेले जनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्