तपाईँ सुन्दै हुनुहुन्छः

लुक्लामा बन्यो इलाका प्रहरी कार्यालयको भवन

सोलुखुम्बु  । पर्यटकीय नगर इलाका प्रहरी कार्यालय लुक्लाको आफ्नै भवन तयार भएको छ । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा निर्मित १६ कोठे भवनको नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गर्नुभएपछि कार्यालयले आफ्नै भवनबाट औपचारिक रुपमा सेवा सुरु गरेको छ ।

दुई करोड ६६ लाख ३३ हजार रुपियाँको लागतमा निर्माण भएको भवनको उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले समुदायको सहकार्यमा अपराध न्यूनीकरणमा भूमिका खेल्न निर्देशन दिनुभयो । 

भौतिक संरचनासँगै प्रहरी कर्मचारीहरूमा नयाँ सोच र धारणाको विकास हुनुपर्ने उहाँको भनाइ छ ।

१ नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार वि.सी.ले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरूमा प्रत्यक्ष असर पर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै नागरिक सेवामा तल्लीन हुन आग्रह गर्नुभयो ।

भवन निर्माणका लागि सहयोग गर्ने वडा नं. २ का वडाध्यक्ष आङफुर्वा शेर्पा, तारा एयरलाइन्सका म्यानेजर अमृतकुमार मगरसहित प्रहरी जवानहरूलाई सम्मान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button