पाँच दलीय गठबन्धन आगामी चुनावसम्म रहने : अध्यक्ष नेपाल

कञ्चनपुर । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म रहने बताउनु भएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा पार्टी कार्यालय उद्घाटन गर्नु क्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो पार्टी भएकोमा गर्व भएको बताउनु भयो । एमाले अहिले तेस्रो स्थानमा रहेको र गठबन्धनबाटै चुनाव सम्म एमालेलाई त्यो भन्दा पनि तल झार्ने उहाँले बताउनु भएको छ ।
समाजवादीले महेन्द्रनगरको भाँसीस्थित कार्यालय स्थापना गरेको छ । उद्घाटन कार्यक्रममा कञ्चनपुरका उपसचिव रवीन्द्र कुवरले सञ्चालन गरेका थिए । कार्यक्रममा समाजवादीका केन्द्रीय, प्रदेश, जिल्ला सहित स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्