कञ्चनपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका–१० टोटी (त्रिरपुरेश्वर) का ५५ वर्षीय श्रीराम चौधरीको ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
थ्रेसर गर्न जाने क्रममा से१त १३१४ नम्बरको ट्याक्टरबाट खसेर उनी घाइते भएका थिए ।
उनको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा बुधवार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताउनुभएको छ ।
ट्र्याक्टर र ट्र्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्