तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व न्यायाधीश लम्सालको शोकमा सर्वोच्चमा आज इजलास बसेन

file photo

काठमाडौँ । पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको आज भएको निधनको शोकमा सर्वोच्च अदालतले आज कुनै पनि मुद्दामा सुनुवाइ गरेन । 

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले पूर्व न्यायाधीश लम्सालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आज कुनै पनि मुद्दामा सुनवाई नगरेको हो । 

सर्वोच्च अदालतको पूर्ण बैठकले शोक प्रस्ताव पारित गरेपछि सो दिन सर्वोच्चमा कुनै पनि इजलास नबस्ने प्रचलन अनुसार आज कुनै पनि सुनुवाइ नभएको प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज ८ इजलासमा १ सय ६७ मुद्दाको पेशी तोक्नुभएको थियो । प्रधानन्यायाधीश जबराले आज आफ्नो इजलासमा मात्र ३० वटा मुद्दाको पेशी तोक्नुभएको थियो । 

सर्वोच्चका असन्तुष्ट १५ न्यायाधीशले अघोषित रुपमा बुधवार इजलास बहिस्कार गरे पनि प्रधानन्यायाधीश जबराले आफ्नो इजलासमा ५ वटा मुद्दामा सुनुवाइ गर्नुभएको थियो । 

असन्तुष्ट न्यायाधीशहरुले आज पनि अघोषित इजलास बहिस्कारलाई निरन्तरता दिने र कानून व्यवसायीहरूले इजलासमा कालोपट्टि बाँधेर बहस गर्ने तयारी गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button