तपाईँ सुन्दै हुनुहुन्छः

‘उत्पीडित समुदायको उत्थानका लागि प्रदेश सरकार लागिरहेको छ’

बीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले निम्न आर्थिक अवस्था भएका मधेसी, मुस्लिम, उत्पीडित, जनजाति समुदायको उत्थानका लागि प्रदेश सरकार लागिरहेको बताउनुभएको छ । 

जनता समाजवादी पार्टी नेपाल, पर्सा क्षेत्र नं.३ द्वारा पर्साको बहुअर्वाभाठामा दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा मुख्यमन्त्री राउतले ५ दलीय गठबन्धनलाई थप मजबुत बनाउँदै प्रदेशलाई अधिकार सम्पन्न बनाउने अभियानमा आफू जुटेको बताउनुभयो । 

जसपा, पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रिय अध्यक्ष नागेन्द्र यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य करिमा बेगम, मन्जुर आलम, सिंहासन साह, जन्नत अन्सारी, जसपाका केन्द्रिय सदस्य मोहन लाल चौधरी, वीरेन्द्र यादव, फिरोज मन्सुर, टेक बहादुर श्रेष्ठ, बीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी लगायतको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button