तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । 

उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिनुभएको हो । 

उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज राजीनामा पेस गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button