वन मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँ । बन मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक किहुँ गाविस हाल भिमाद नगरपालिका–१ बस्ने ६५ वर्षीय गञ्जसिं सोती थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मगरलाई मङ्गलवार पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालत पेश गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
मगर विरुद्ध जिल्ला अदालतले विसं २०७५ चैत १२ गते दुई महिना पाँच दिन कैद र रु दुई लाख ३३ हजार जरिवानाको फैसला सुनाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्