तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले ओमकार आधारभूत विद्यालयमा क्षति


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० मा स्थित रहेको ओमकार आधारभूत विद्यालयमा बाढी पसेपछि विद्यालयमा क्षति भएको छ ।
महाकाली नदी र जगबुडा नदीको भँगालो बस्तीमा पसेपछि ओमकार आधारभूत विद्यालयमा रहेको आवश्यक सामग्री पानीमा डुबेर नष्ट भएको हो ।

बाढीले विद्यालयको कक्षा कोठा हिलाम्मे हुनुको साथै कार्यालयमा रहेको कम्प्युटर, कक्षा १ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तक, कार्यालयको शैक्षिक सामग्री, कार्पेट, भाडा वर्तन, दराज, बालबालिका कक्षाका सम्पुर्ण शैक्षिक सामग्री नष्ट भएको विद्यालयका प्रधानाध्यापक टंकलाल जोशीले बताउनु भयो ।

नदीको भँगालो विद्यालयमा पसेपछि कक्षा कोठा समेत हिलाम्मे भएर पठन पाठन कार्य समेत अवरुद्ध भएको प्राध्यापक जोशीले बताउनुभयो । बाढीको कारण शौचालयमा पानी भरिएको छ भने, खानेपानीको ह्याण्ड पाइपमा बाढीको पानी पसेर सबै पानी दूषित भइसकेकाले पानी पिउने लायक नभएको विद्यालय प्रशासनले जनाएको छ ।

कक्षा कोठामा बाढीको लेदो माटोले कोठा भरिएको छ । जसका कारण कोठा नै दुर्गन्धित बनेको छ । विद्यालयको सेवा क्षेत्र बैतिफाँटा, शान्ति टोल, प्रधान टोल, सुर्खेत टोलमा बाढीले लाखौँको धनमाल तहस नहस गरेपछि विद्यार्थीहरू विद्यालयको सम्पर्क भन्दा बाहिर रहेका छन् । अधिकांश विद्यालयहरूमा बाढीले घरबार विहीन भएका स्थानीयहरुले आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button