काँग्रेसद्वारा घलेको निधनप्रति दुःख व्यक्त

काठमाडौं।नेपाली काँग्रेसले धादिङको रुबीभ्याली गाउँपालिका–२ निवासी पार्टीका पूर्व जिल्ला सदस्य जोमसाइ घलेको निधनप्रति दुःख व्यक्त गरेको छ । घलेको ६५ वर्षको उमेरमा तिप्लिङ्ग स्वास्थ्य चौकी, धादिङमा मस्तिष्क घातको उपचारका क्रममा निधन भएको हो ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट शोक विज्ञप्ति जारी गरी उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
काँग्रेसले घलेको निधनबाट एक असल र निष्ठावान नेतालाई गुमाएको उल्लेख गर्दै पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गरेको विज्ञप्तिमा उल्लेख छ । लामो समयदेखि काँग्रेसमा निरन्तर क्रियाशील रहँदै आउनुभएका घलेका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्