तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले दोधारा–चाँदनी नगरपालिका १० मा ८ सय घरपरिवार विस्थापित

कञ्चनपुर । केही दिन अघि अविरल वर्षापछि महाकाली र जोगबुडा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका वडा नम्बरमा १० मा ८ सय घरपरिवार विस्थापित भएका छन् । 

महाकाली र जोगबुडा नदीको बाढी बस्तीमा पस्दा ती घरहरूमा भएको सम्पूर्ण अन्नपात नष्ट भएको र पशु चौपायामा समेत क्षति भएको नगरप्रमुख वीरबहादुर सुनारले बताउनु भएको छ ।

बाढी पसेको घरहरूमा लेदो र बालुवा पसेको कारण बस्न अझै समस्या भइरहेको नगर प्रमुख सुनारले बताउनु भयो । 

विस्थापित परिवारलाई राहत दिन तथ्याङ्क सङ्कलन भइरहेको नगर प्रमुख सुनारले बताउनु भयो । विस्थापितहरूको स्कुलमा अस्थायी वासस्थानको व्यवस्था मिलाइएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button