तपाईँ सुन्दै हुनुहुन्छः

शोरुमबाट मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको एक शोरुमबाट मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । 

बेलौरी नगरपालिकाको बेलौरी बजारमा रहेको डिडी अटो मोबाइल शोरुम तोडफोड गरी मोटरसाइकल चोरी गरेको आरोपमा शुक्लाफाँटा नगरपालिका–११ का २० वर्षीय विवेक बम र शुक्लाफाँटा–१ का २१ वर्षीय पारस विष्ट पक्राउ परेका हुन् ।

उनीहरूले चोरी गरिएको भनिएको मोटरसाइकल परालको थुप्रोमा लुकाइराखेको अवस्थामा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताउनु भएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चोरीमा पाँच जना संलग्न रहेको बताएको छ । चोरीमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

शोरुमबाटै मोटरसाइकल चोरी

प्रतिक्रिया राख्नुहोस्

Back to top button