तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा बस दुर्घटना, दुई जनाको मृत्यु, ६२ जना घाइते

symbolic picture

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

उपचारका लागि समर्पित अस्पतालमा पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । 

उनीको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरूलाई भर्खरै मृत घोषित गरेको उक्त अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिनुभयो । 

दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ जना बालबालिका छन् । 

घाइते मध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा रेफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । 

जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई थप उपचारका लागि रेफर गर्ने तयारी गरिएको छ । 

घाइतेमध्ये समर्पित अस्पतालमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् । 

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट फिदिम तर्पे आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटनामा भएको थियो । 

अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करिब २० मिटर तल झरेको हो । 
दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button