ठुलो लगानीका तटबन्द नहुँदा बर्सेनी मार्सी फाँट डुबानमा
जुम्ला । असोज ३१ गतेदेखि ३ दिनसम्म लगातार भएको वर्षाबाट जुम्लाको १८ हेक्टर धान बालीमा क्षति भएको छ । जसमा १३ हेक्टर मार्सी फाँट बगरमा परिणत भएको छ । ५ हेक्टर मार्सी फाँट डुबानमा परेको छ ।
बाढीले विगतको तुलनामा यस वर्ष मार्सी धानमा ठुलो क्षति गरेको छ । कतै काटेको धान बगाएको छ भने कतै भित्राउन लागेका धान डुबानमा परेर बालुवा भरिएको छ ।

हरेक वर्ष यहाँको तातोपानी गाउँपालिकाका बाईराँका, रारा, लाछु ज्युलो, एैरेनी, नगर र गिडिखोला क्षेत्रका ज्युला, सिञ्जा क्षेत्रका धानका फाँट नदी किनारमा तटबन्द नहुँदा डुबानमा पर्ने गरेका छन् ।
गत वर्ष तातोपानी २ का दत्त बुढा, धन बुढा, सुर बुढा, बलवीर बुढा लगायत दर्जनौँ किसानका मार्सी रोपेका खेत आंशिक डुबानमा परेका थिए । तर यसको बेमौसमी बाढीले नाम निसाना नरहने गरी डुबानमा परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्