माटोको ढिस्कोले पुरिँदा बालिकाको मृत्यु
बीरगंज । वीरगञ्ज महानगरपालिका–३२ चोर्नी बस्ने मनोज कुमार मण्डलकी ५ वर्षीया छोरी अर्चना कुमारीको माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा मृत्यु भएको छ ।
अर्चना र उनकै दिदी ७ वर्षीया सिवानी कुमारी माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकोमा वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा ५ बर्षिया अर्चनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै घाइते सिवानीलाई बीरगंज हेल्थ केयरबाट थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्