तिहारमा पटाका बिक्री वितरण तथा ओसारपसारमा कडाइ

कञ्चनपुर । कञ्चनपुरमा नेपाल प्रहरीले तिहारमा पटाका बिक्री वितरण तथा ओसारपसारमा कडाइ गरेको छ ।
तिहारलाई मध्यनजर गर्दै गड्डा चौकी नाकामा प्रहरीले भारतबाट आउने समान र नागरिकलाई चेकजाँच गर्ने र हुनसक्ने दुर्घटनाका बारेमा सचेत गराउने गरेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीले तिहारको समयमा नेपाल भित्रन सक्ने पटका, आतसबाजी जस्ता विष्फोटकजन्य पदार्थको बिक्री वितरण, ओसारपसार नियन्त्रण र यसबाट हुनसक्ने सम्भावित दुर्घटनाका साथै कानुनी प्रावधान सम्बन्धी सचेतना कार्यक्रम समेत गर्दै आएको जनाएको छ ।
नेपाल सरकारले पटकाजन्य सामग्रीहरु आयात बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । हरेक वर्ष नेपाल–भारत सीमा क्षेत्रमा त्यस्ता सामग्री पक्राउ गरी नष्ट गरिने गर्दछ ।
पटकाकै कारण हरेक तिहारमा आगलागी तथा अङ्गभङ्ग भएका समाचारहरू आउने गरेका छन् ।
चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले कञ्चनपुर प्रहरीले विशेष सुरक्षा योजना बनाइ कार्यान्वयन गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्