तपाईँ सुन्दै हुनुहुन्छः

९ लाखभन्दा बढी रकमसहित ८ जुवाडे पक्राउ

पर्वत । पर्वतको कुश्मा बजारमा ठूलो रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कुश्मा नगरपालिका ७ खरेयामा तास खेलिरहेका ८ जना लाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

जुवा खालबाट प्रहरीले ९ लाख ५८ हजार ७ सय ४१ रुपैयाँ बरामद गरेको छ । 

स्थानीय गोविन्द अधिकारीको घरमा तास खेलिरहेका उनीहरूलाई कार्तिक ७ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

पक्राउ पर्नेमा कुश्मा नगरपालिका ५ का मीनप्रसाद श्रेष्ठ, फलेवास नगरपालिका ११ का जितबहादुर सुनार, कुश्मा नगरपालिका ५ का भोजकुमार श्रेष्ठ, कुश्मा नगरपालिका ६ का दीपेन्द्रबहादुर भण्डारी, कुश्मा नगरपालिका ११ का बाबुराम पौडेल, कुश्मा नगरपालिका ६ का हर्कमान गुरुङ, कुश्मा नगरपालिका ९ का गोविन्द अधिकारी र कुश्मा नगरपालिका २ का विष्णुप्रसाद बास्तोला रहेका छन् । 

पक्राउ पर्नेलाई जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा मुद्दा दर्ता जिल्ला प्रशासन कार्यालय पर्वतबाट पहिलो पटक १० दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button