तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका पहाडी जिल्लामा आजदेखि उडान सुरु

फाइल तस्बिर

गोदावरी । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सुरु गरेको छ ।  

वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाई सेवा सुरु गरिएको हो ।

धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा  हवाई सेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो ।  

पहाडी जिल्लामा हवाई सेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाई भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । 

धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडा दर कायम गरिएको छ । धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडा दर कायम गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो ।

धनगढीबाट पहाडी जिल्लामा निगमले हवाई उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button