वरिष्ठ नेता पौडेल र मन्त्री बडूद्वारा बाढीग्रस्त क्षेत्रको अनुगमन
कञ्चनपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले कञ्चनपुरका विभिन्न स्थानमा बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
शनिबार दिनभर कञ्चनपुरका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै उहाँहरूले पीडितलाई छिट्टै राहत प्याकेज ल्याउने आश्वासन दिनुभयो ।

स्थलगत निरीक्षणपछि नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले शनिबार दिउँसो बेलौरीमा आयोजना गरेको कार्यकर्ता तथा बाढीपीडित भेटघाट कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्नुहुँदै पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री दिलेन्द्र प्रसाद बडूले पीडित नागरिकको घाउमा मल्हम लगाउने गरी योजनाबद्ध ढङ्गले राहत र पुनर्स्थापनाका कार्यमा सरकार केन्द्रित भएको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्