तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली सरकारले कोरोनाबाट ज्यान गुमाएका परिवारलाई एक लाख दियो

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हालसम्म २ सय ८६ जना प्रति व्यक्तिलाई १ लाखका दरले राहत उपलब्ध गराइएको जानकारी दिएको छ । 

प्रदेश सरकारले गत आर्थिक वर्षमै कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । कोरोनाबाट मृत्यु भएका परिवारलाई हालसम्म २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराई सकिएको मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिनु भयो । 

उहाँले कर्णाली प्रदेशमा हालसम्म ३ सय ८४ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको बताउनु भयो । उहाँका अनुसार शुक्रवार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले रकम रकम पाउन बाँकी रहेका कोरोनाबाट मृत्यु भएका परिवारले सम्बन्धित जिल्ला प्रशासनबाटै कागजातको यकिन गरी हकवालाको बैङ्क खातामा राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button