तपाईँ सुन्दै हुनुहुन्छः

अर्ली इलेक्सनको सम्भावना छैन : वरिष्ठ नेता पौडेल

धनगढी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सनको सम्भावना नरहेको बताउनु भएको छ । 

आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले अर्ली इलेक्सनको सम्बन्धमा पार्टी भित्र र अन्य दलहरूसँग कुनै छलफल नभएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले विधि र प्रक्रिया पूरा गरी पार्टीको महाधिवेशन तोकिएकै समयमा गरिनु पर्ने बताउनु भयो ।

उहाँले बाढी पीडित जनताको पिर मर्का बुझ्न आफू कैलाली आएको उल्लेख गर्दै बाढी पीडितका लागि सरकारले तत्काल राहत प्याकेज ल्याउनु पर्ने बताउनुभयो । 

उहाँले कैलाली र कञ्चनपुरको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button