तपाईँ सुन्दै हुनुहुन्छः

रुसको कारखानामा आगलागीबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टस समाचार एजेन्सीले जनाएको छ।

घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए। औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ।विष्फोटन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ। विष्फोटनमा कार्यशाला भवन पूर्णरुपमा ध्वस्त भएको छ।

घटनाको कारण अझै पत्ता लागेको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button