प्रधानमन्त्रीद्वारा बर्दियाको बाढीपीडित क्षेत्रको अवलोकन
बर्दिया । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बाढीपीडित क्षेत्रको अवलोकन गर्नुभएको छ ।
गत आइतबारदेखि अविरल रुपमा भएको वर्षापछि कर्णालीमा मङ्गलवार आएको बाढीले पुर्याएको क्षतिको अवस्था बुझ्न प्रधानमन्त्री देउवा बर्दिया पुग्नुभएको हो ।

त्यस क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई राज्यले क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताउनुभयो । स्थानीय सरकारलाई तत्काल पीडितहरूको क्षतिको विवरण सङ्कलन गरेर उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीसँगै अनुगमनमा आउनुभएका अर्थमन्त्री जनार्दन शर्माले बाढीका कारण धेरै क्षति भएकोले समाधानका लागि योजना बनाएर राहतका कार्यक्रम ल्याउने बताउनुभयो ।
कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिकाको १२ सय ४८ घर धुरी डुबानमा परेको थियो गेरुवा गाउँपालिकाको २ सय १० घर धुरी डुबानमा परेका थिए ।








प्रतिक्रिया राख्नुहोस्