तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्ती नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन

कञ्चनपुर । जङ्गली हात्तीको बथानले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षति गर्न थालेपछि नियन्त्रण गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। नगरप्रमुख ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ । 

हात्ती नियन्त्रणका लागि सुरक्षा निकायको २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । हात्तीबाट नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ८, ११ र १२ प्रभावित रहेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न दाउरा बाल्ने व्यवस्थासँगै स्थानीय बासिन्दालाई सजग बनाउने कार्य र विद्युतीय बारलाई व्यवस्थित पार्ने कार्य भइरहेको प्रमुख संरक्षण अधिकृत पुर्जामगरले बताउनु भएको छ । हात्तीको बथानलाई निकुञ्ज क्षेत्रतर्फ फर्काउने कार्य भइरहेको उनको भनाइ रहेको छ ।

लगातारको वर्षाका कारण धानबाली भित्र्याउन नपाएका किसानको धान हात्तीले नोक्सानी गर्न थालेपछि यस क्षेत्रका किसान थप मार्कामा परेका छन् । जङ्गली हात्तीले मानवीय क्षति गर्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसितसमेत भएका छन् । बस्ती नजिकैका सामुदायिक वनमा जङ्गली हात्ती दिउँसै ओहोरदोहोर गर्दै आएका छन् । स्थानीयवासीले हात्तीकै डरले मेलापात समेत गर्न छाडेका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button