तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा बाढी पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, २४ जना बेपत्ता

 

धनगढी । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । यस्तै बाढी पहिरोमा २४ जना बेपत्ता भएका छन् भने १६ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको पछिल्लो  तथ्याङ्कअनुसार बाढी पहिरोमा परि हालसम्म प्रदेशमा ३० जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परि सबैभन्दा बढी डोटीमा १५ जनाको मृत्यु भएको छ । 

यसैगरी, बझाङमा ८ जना, बैतडीमा ४ जना, डडेलधुरामा २ र कैलालीमा १ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विक्रमबहादुर चन्दले बताउनुभयो ।

त्यस्तै,  बाढी पहिरोमा बगेर बझाङमा २१ जना, बैतडी, डोटी, कैलालीमा एक र एक जना बेपत्ता भएका छन् । 

यस्तै डोटीमा ११ जना, बझाङमा १ जना, डडेलधुरा र बैतडीमा २र२ जना घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button