तपाईँ सुन्दै हुनुहुन्छः

ग्याँस चोरी गर्ने तीन जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको मनहरी गाउँपालिका–६ स्थित नयाँ बस्तीबाट बुलेटबाट ग्याँस चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भरत कार्की, चुनुकुमार र विपिनकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । 

उनीहरूलाई  विशेष सूचनाका आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक दासले जानकारी दिनुभयो ।

दासका अनुसार मङ्गलवार साँझ ७ बजेको समयमा मनहरी–६ स्थित होटेल सञ्चालन गरेर बसेका ४३ वर्षीय कार्कीले बुलेट ग्याँस ट्याङ्की चालकसँग समन्वय गरी खाली सिलिन्डरमा ग्यास भरेर गाउँघरमा बेच्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button