कैलालीमा बाढीमा फसेका तीन जनाको हेलिकोप्टरबाट उद्धार

धनगढी । कैलालीमा बाढीमा फसेका तीन जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ भने अन्य २ जनाको उद्धार कार्य जारी रहेको छ ।
कर्णाली नदीको भँगालोमा फसेका जानकी गाउँपालिका ८ का रामदयाल चौधरी, प्रेम चौधरी र विष्णु चौधरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू ज्यान जोगाउन दुई दिनदेखि रुखमा बसेको बताइएको छ ।
यसैगरी तीन दिनदेखि ठुलीगाड नदीको दोभानमा थुनिएका मोहन्याल गाउँपालिका ४ खिमडीका लोकबहादुर बुढामगर र बिर्मादेवी बुढामगरको हेलिकोप्टरबाट उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्