स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

बझाङ । बझाङमा एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बझाङको थलारा गाउँपालिका ९ का २१ बर्षीया सम्झना भण्डारीको हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बझाङ ल्याइएको हो ।
भण्डारीलाई सुत्केरी व्यथाले च्यापेपछि उनी मङ्गलवार बिहान मालुमेला स्वास्थ्य चौकी पुगेकी थिइन् । पहिलो पटक सुत्केरी भएकाले समय लागिहाल्छ भनेर स्वास्थ्य चौकीमै सुत्केरी गराउने प्रयास भएको भए पनि अवस्था जटिल हुन थालेपछि बाहिर पठाउनु पर्ने अवस्था आएको मालुमेला स्वास्थ्य चौककीका इन्चार्ज विकास खडकाले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य आशा कुमारी बि.कको पहलमा आज बिहान थलाराको पहिरोमा परेकाहरूको खोजीका लागि आएको नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याइएको हो ।








प्रतिक्रिया राख्नुहोस्