तपाईँ सुन्दै हुनुहुन्छः

कैलारी गाउँपालिकाले तीन करोडको खाद्य बैङ्क स्थापना गर्ने

धनगढी  । बाढी प्रभावित किसानहरूलाई लक्षित गरी कैलालीको कैलारी गाउँपालिकाले ३ करोडको खाद्य बैङ्क स्थापना गर्ने निर्णय गरेको छ ।

आज बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले तत्काल ३ करोडको खाद्य बैक स्थापना गर्ने निर्णय गरेको  र त्यसका लागि कोष स्थापना गरिने गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बताउनुभयो ।

यसैगरी गाउँपालिका जनप्रतिनिधि, कर्मचारी, शिक्षकले एक दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

बाढी र डुबानबाट गाउँपालिका क्षेत्रको धान बालीमा ठुलो क्षति पुगेपछि भोकमरी आउन नदिन भन्दै गाउँपालिकाले बाढी प्रभावितहरूका लागि खाद्य बैक स्थापनाको तयारी गरेको बताइएको छ  ।

अविरल वर्षाका कारण कैलारी गाउँपालिका क्षेत्रमा करिब ७० प्रतिशत धान बालीमा क्षति पुर्‍याएको स्थानीयवासी राजसमझ चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button