तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री रेग्मीलाई चितवनमा सम्मान

चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी भरतपुरमा सम्मानित हुनुभएको  छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित नमुना कल्याणकारी टोल विकास संस्था, नमुना कृषि महिला समूह र स्वास्थ्य केन्द्र तोरीखेतले मन्त्री रेग्मीलाई सम्मान गरेको हो । 

उहाँलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो  ।

सो अवसरमा बोल्दै मन्त्री रेग्मीले आफूले रोजेको खोजेको मन्त्रालय नै जिम्मेवारी पाएको बताउनुभयो  । 

आफ्नो  यस क्षेत्रमा लामो अनुभव पनि रहेको भन्दै उहाँले अपाङ्गता भएका व्यक्ति, मृर्गाैला तथा क्यान्सरका बिरामीहरूलाई पाँच हजार भत्ता दिने व्यवस्था अहिलेको सरकारले गरेको बताउनुभयो ।

उहाँले बैङ्कसम्म जान नसक्नेहरूका लागि घर घरमा सामाजिक भत्ता पुर्‍याउने व्यवस्था लागु गर्न सक्दो प्रयास गर्ने समेत बताउनुभयो  । 
यस्तै भएका कानुन कार्यान्वयन गरेर महिला हिंसा न्यूनीकरण लागि आफू लागिपर्ने उहाँको  भनाई छ । 

आफ्नो थातथलो र राजनीतिक पृष्ठभूमि चितवन भएकाले चितवन प्रति आफ्नो विशेष भूमिका रहने उहाँले धारणा राख्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button